काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘नाटकीय जीत’ हात पार्दै तालिबान, दाेस्राे ठूलाे सहर कान्धार पनि कब्जा गरेकाे दाबी

10.84K
shares

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्धारमाथि पनि कब्जा गरेको दाबी गरेको छ । यो तालिबानका लागि एक महत्वपूर्ण जीत भएको बीबीसीले जनाएको छ । यो सहर कुनै समय तालिबानको गढ थियो ।

कान्धार एक प्रमुख व्यापार केन्द्र र  रणनीतिक रूपमा महत्वपूर्ण रहेको क्षेत्र हो । बिहीबार कयौं सहरमा तालिबानले नाटकीय जीत हात पारेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानस्थित अमेरिकी दूतावासका कर्मचारी निकाल्न सहयोग गर्नका लागि करिब ३ हजार सैनिकलाई अफगानिस्तान पठाउने जनाएको छ । विशेष उडानमा दूतावासका कर्मचारीको एक 'महत्वपूर्ण' संख्या निकाल्नका लागि मद्दत गर्न काबुलस्थित विमानस्थलमा सैनिकलाई पठाउन लागेको अमेरिकाले जनाएको हो ।

अमेरिका र अन्य विदेशी सैनिक २० वर्षको सैन्य अभियानपछि फिर्ता भएसँगै तालिबानी तीव्र रुपमा अघि बढिरहेका छन् र उनीहरुले नयाँ नयाँ क्षेत्रमा कब्जा गरिरहेका छन् । बिहीबार केही घन्टाभित्र तालिबानले अफगानिस्तानको सबैभन्दा महत्वपूर्ण सहमा कब्जा गरेको छ । हेरात, गजनी र काला-ए-नवा तालिबानको नियन्त्रणमा आएको छ ।

तालिबानका प्रवक्ताले घोषणा गरेका छन्, 'कान्धार पूर्ण रुपमा जितिएको छ ।' तर यसको  स्वतन्त्र  पुष्टि भएको नभएको बीबीसीले जनाएको छ ।