साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो सेयर बजार, साढे १७ अर्बको कारोबार
वि.सं.२०७८ साउन २८ बिहीवार २१:२७
shares

साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६.४१ अंकले बढेर तीन हजार १७९ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले बढेर ५९१.१६ अंकमा पुगेको हो ।
आज २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये सात समूहअन्तर्गतको सेयर उकालो लागेको छ भने बाँकी समूहको सेयरमा केही अंकले घटेको छ ।
बैकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादनमुलक ९९.२५, जीवन बिमा ३१.०५, सामुहिक लगानी कोष ०.०८ र लगानी समूहअन्तर्गतको सेयर १.७१ अंकले बढेको छ भने व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत २४.०८, निर्जीवन बिमा १२.२३, अन्य ९.१ र लघुवित्त समूहअन्तर्गतको सेयर ५.६५ अंकले घटेको छ ।
आज ६ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, जीवन विकास लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र सिने रेसुंगा विकाुस बैंकको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।

























