स्मार्टफोनको प्रमुख १८ बजारमा रियलमी शीर्ष ५ स्थानमा
वि.सं.२०७८ साउन २७ बुधवार १५:४५
shares

प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ । स्थापनाको ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको कम्पनीले जनाएको छ ।
यो तीन वर्षीय कम्पनीको लागि नयाँ रेकर्ड हो । यसैगरी भारतको नम्बर वन फाइभजी स्मार्टफोन ब्राण्डका रुपमा आफूलाई स्थापित गरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ । यो स्मार्टफोन क्षेत्रकै नयाँ उपलब्धि रहेको कम्पनीको दाबी छ । 5G विस्तारका क्षेत्रमा आक्रामक रियलमी २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथोँ ठूलो स्मार्टफोन बन्न सफल भएको छ । क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्टअनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ ।
त्यसैगरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा आफूलाई उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै सुरुवाती केवल ५ क्वाटर समय लगाएको हो । ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।
यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले भने, ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध छौँ ।’ क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, ईजीप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिंगापुर र थाइल्याण्डमा शीर्ष ५ स्थानभित्र रियलमी रहेको छ ।
























