कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरूको भेला सुरु
वि.सं.२०७८ साउन २५ सोमवार १९:५७
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला सुरु भएको छ । काठमाडौंको ठमेलस्थित होटेल यात्रीमा जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।
भेलामा ३५ जिल्लाका सभापति उपस्थित छन् भने १२ जिल्लाका सभापति भर्चुअल माध्यममार्फत् जोडिएका छन् । मंगलबारसम्म चल्ने भेलामा पार्टीको १४औं महाधिवेशन, पार्टीको भावी नीति, नेतृत्व चयन र कोभिड-१९ महामारी नियन्त्रणलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।
पार्टीको विधान र संविधानको व्यवस्था बमोजिमसमेतको गरी साढे पाँच वर्षको अवधिमा समेत पार्टीको महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि जिल्ला सभापतिहरूले सामूहिक धारणा राख्न भेला भएका हुन् ।
























