काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वास्थ्य तथा खोप अभियानलाई सहयोग गर्दै रेडक्रस र कोका-कोला

16.02K
shares

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले कोका-कोला फाउन्डेशनको साथमा कोभिड-१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउनको लागि साझेदारी गरेको छ । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रमा परिचालन गर्नु र शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई खोप लगाउनको लागि यातायात सुविधा प्रदान गर्नु हो ।

यस सन्दर्भमा गत बिहीबार महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजित गरिएको थियो । जहाँ नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णीकर र कोका-कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे । साझेदारी परियोजनाको रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरलाई व्यक्तिगत सुरक्षा सामान वितरण गरिएको छ । वितरणमा १२ हजार ५०० सर्जिकल मास्क, ५००० जोडी पन्जा, र ९६० सेनिटाइजर बोतल सामेल छन् ।

यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुङ, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा गरिएको छ । नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिक, स्वास्थ्यकर्मी र एम्बुलेन्स पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् । 'नेपाल रेडक्रस र दि कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र 'स्टप द स्प्रेड' अभियानलाई मूर्तरुप दिने एउटा प्रयास हो ।' नेपाल रेडक्रस स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णिकारले भनिन् ।

नेरेसोसँगको सहकार्य कोका-कोलाको 'स्टप द स्प्रेड' अभियानको एक हिस्सा हो । नेपालमा कोभिड-१९ को फैलावट रोक्न मद्दत पुनेपाल रेडक्रस र कोका-कोला फाउन्डेशनको संयुक्त प्रयासले स्वास्थ्य क्षेत्र र खोप अभियानलाई सहयोग पुर्‍याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यक्रम निर्माण गर्न नेपाली २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।