global ime bank Long Banner Ad

गृहपृष्ठ टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउँदै

टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउँदै

टोकियो ओलम्पिक : चीनको अग्रता, अमेरिका पछ्याउँदै

विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ । ओलम्पिकअन्तर्गत आइतबार अपरान्ह १२ बजेसम्म कुल १ सय ६३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

पदक तालिकामा चीनकाे अग्रता कायमै छ । चीनलाई अमेरिकाले पछ्याइरहेको छ । चीनले २२ स्वर्ण पदकसहित कुल ४७  पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १९ स्वर्ण पदकसहित कुल ५२ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३० पदक जितेको छ ।

अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले ११ स्वर्णसहित कुल ३८ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै ग्रेट ब्रिटेनले ९ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्याण्डले ४/४ स्वर्ण हात परेका छन् ।

जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, क्रोएसिया र चेक रिपब्लिकले ३/३ स्वर्ण पदक जितेका छन् । २ स्वर्ण जित्नेमा इटाली,  चाइनिज ताइपेइ, हंगेरी, कोसोभो  र स्लोभानिया रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २९ पुगेको छ ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु