गृहपृष्ठ चोरीको अभियोगमा तीन जना पक्राउ
चोरीको अभियोगमा तीन जना पक्राउ
भारत राइपुर सेइबजार मुजगाहान 'शंकराचार्य कलेज' का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका-४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नर बहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।
उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी ल्याएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ लाख ५० हजार नेपाली रुपैयाँ र उक्त गहना सहित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
साथै उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (रासस)
प्रकाशित समय : १९:१४ बजे



















