काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

19.22K
shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही बेरअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा राजनीतिक निर्णयका आधारमा सहमति खोज्नुपर्ने तर्क गर्दै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहित संस्थापन इतर पक्षले विवादित क्षेत्रको हकमा १३औं महाधिवेशनकै आधारमा क्रियाशील सदस्य कायम राखेर महाधिवेशनमा जानुपर्ने तर्क राखेको छ ।

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, डा.रामशरण महत, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतको उपस्थिति छ ।