पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
वि.सं.२०७८ साउन १२ मंगलवार २१:३९
shares

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । महराविरुद्धको मुद्दाको सुनुवाइपछि उच्च अदालतले मंगलबार काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको हाे ।
अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हाे । महरा सभामुख भएकाले बेला संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई जबर्जस्ती करणी उद्योगको आरोप लागेको थियो ।
२०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते उनलाई पक्राउ गरेर ५ महिना पुर्पक्षका लागि थुनामा राखिएको थियो । २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।

























