काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राकुटेन भाइबरद्वारा स्वप्न सुमनको नयाँ गीत सहितकाे अडियो स्टिकर प्याक सुरू

13.38K
shares

राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक सुरू गर्न सहकार्य गरेको छ । अडियो स्टिकर भाइबरमा विशेष रूपमा उपलब्ध हुने र यो सबै नेपाली प्रयोगकर्ताको लागि निःशुल्क हुने जनाइएको छ ।

प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्रयाक र उनको आगामी नयाँ एल्बम, 'प्रतिकृति' को नयाँ गीत 'एकभन्दा दुई'को केही अंश सामेल छन् । स्टिकर प्याक डाउनलोड गर्दा प्रयोगकर्ता स्वचालित रुपमा स्वप्न सुमनको भाइबर कम्युनिटीमा सामेल हुनेछन्, जहाँ उनीहरू गायकसँग अझ नजिकिन सक्नेछन् । उनको सांगीतिक यात्रासँग अपडेटेड हुन सक्नेछन् र उनीसँग कुराकानी गर्ने मौका पनि पाउने छन् ।

भाइबरमा आउने उनको अडियो स्टिकर प्याकको बारेमा स्वप्नले भने, 'यो मेरो भाइबरसँग मिलेर काम गरेको दोस्रोपटक हो र म यो अवसर पाएकोमा निकै सम्मानित छु । यो मेरो लागि एक रमाइलो अनुभव हो र यो स्टिकर प्याक सिर्जना गर्दा मलाई धेरै रमाइलो पनि भयो ।' उनले आफ्नो गीतको भाग भएका अडियो स्टिकरले भाइबरमा सबैको कुराकानी र अनुभवलाई रोमाञ्चक बनाउने विश्वास व्यक्त गरे । स्वप्नले २०२० मा भाइबरसँग सहकार्य गरी आफ्नो पहिलो स्टिकर प्याकको सुरूवात गरेका थिए । जसमा उनका गीत र फ्यानडमबाट फोटोहरू र उद्धरणहरू प्रस्तुत गरिएको थियो । अप्रिल २०२० मा रिलिज भएको उनको सबैभन्दा लोकप्रिय गीत 'नबोली तिमी बुझिदेउ'को पनि भाइबर एक हिस्सा थियो । यस वर्षपनि भाइबरसँग मिलेर उनको नयाँ गीत 'एकभन्दा दुई' लाई जुलाई ३०, २०२१ मा रिलिज गर्नसँगै काम गरिरहेका छन् । भाइबरको अडियो स्टिकरहरुको माध्यमबाट स्वप्नको नयाँ गीतको झलक सुन्नको लागि स्वप्न सुमनका प्रशंसकहरुको लागि यो ठूलो अवसर पनि हो ।

'भाइबर स्टिकर प्याक हाम्रो मेसेजिङ एपमा सधै लोकप्रिय फिचर भएको छ र अडियो स्टिकरको सुरूवातले कुराकानीलाई अझ रमाइलो र अर्थपूर्ण बनाउने छ,' राकुटेन भाइबरको एप्याकका वरिष्ठ निर्देशक डेभिडचेले भने, 'हामीलाई गत वर्ष स्वप्नसँग मिलेर काम गर्न निकै रमाइलो लागेको थियो र यस वर्ष पनि उनको नयाँ गीतको सुरूवातको एक हिस्सा हुन पाउँदा हामी धेरै खुसी छौं । यो हाम्रो प्रयोगकर्ताको लागि पनि धेरै रमाइलो हुनेछ ।' अडियो स्टिकर प्याक स्वप्न सुमनको आधिकारिक भाइबर कम्युनिटीसँग जोडिएको छ । जहाँ उनका फ्यानहरुले स्वप्नसँग भिडियो कल गर्न, उनीसँग उनैका गीत गाउन र कुनै गीतको लागि अनुरोध पनि गर्न सक्नेछन् ।

कुराकानीलाई अझ राम्रो ढंगमा अभिव्यक्त गर्न र रमाइलो बनाउनका लागि दुवै एन्ड्रोइड र आइफोनमा ग्राहकले अडियो स्टिकर प्याक डाउनलोड गर्नुपर्ने हुन्छ । स्टिकर प्याक डाउनलोडका लागि जुलाई २९, २०२१ मा उपलब्ध हुने भाइबरले जनाएको छ ।