काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दराज-सामसुङबीच साझेदारी : ‘ग्यालेक्सी एफ २२’ को प्रि बुकिङ सुरु

19.85K
shares

नेपालको अग्रणी अनलाइन बजार दराजले सामसुङ नेपालसँग साझेदारी गरी नयाँ ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ सुरु भएको घोषणा गरेको छ । ग्यालेक्सी एफ २२ को सार्वजनिकसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलोपटक भित्रिँदै छ ।

ग्राहकले अब दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ गर्न सक्नेछन् । सामसुङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । शक्तिशाली र सुदृढ प्रदर्शन यो फोनको आकर्षण हो । यसैगरी सामसुङ ग्यालेक्सी एफ २२ को डिस्प्लेको कुरा गर्दा यो फोन मा ६.४ एचडी + इन्फिनिटी-यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिङ गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ । यसैगरी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्तालाई सरल डिजाइन दिनका साथ फोनलाई आफू अनुकुल बनाउन सकिन्छ ।  सुरक्षाको लागि फोन को छेउपट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडिको क्यामेरामा फेस अनलकको फिचर उपलब्ध छ ।

क्यामेराको कुरा गर्दा ग्यालक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै LED फ्ल्याश, प्यानारोमा र यचडीआर जस्ता अन्य फिचर्स रहेको छ । यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियो खिच्न सरल रुपमा सम्भव बनाउदछ । साथै, फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटो सजिलैसँग खिच्न सकिन्छ । क्यामेराका थप अन्य विशेषता भने फूड मोड, हाइपरल्याप्स, स्लो मोशन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ ।

अब सामसुङ ग्यालेक्सी एफ २२ साउन ३ (जुलाई २१) देखि दराजमा प्रि-बुकिङको लागि उपलब्ध हुनेछ भने ९ साउन (२७ जुलाई) देखि शपिङका लागि उपलब्ध हुनेछ । दराजले अहिले नेपालका ४७ भन्दा बढी सहरमा डेलिभर गर्दछ र दराजमार्फत ग्राहकले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नेछन् । एक वर्षको ब्रान्ड वारेन्टी, १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकले मज्जा लिन सक्नेछन् ।

यसैगरी ग्राहकले ग्यालक्सी एफ २२ लाई दराजमार्फत  ०५ ब्याज ईएमआइमा पनि खरीद गर्न सक्दछन् । ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ (४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज, र ६ जीबी र्‍याम र १२ जीबी स्टोरेज ) । ४ जीबी को मूल्य २० हजार ४९९ रूपैयाँ रहेको छ भने ६ जीबी को मूल्य २३ हजार ३९९ रहेको छ । ग्यालक्सी एफ २२ कालो र लाइट ब्लुमा उपलब्ध छ ।

दराज महाबचत बजारमा खरिद गरे थप छुट प्राप्त गर्न सक्छन् । महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन् ।