मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्वारा जिम्नास्टिक ४-० गोलले पराजित
वि.सं.२०७८ साउन ७ बिहीवार १५:००
shares

मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजन क्लब जिम्नास्टिकमाथि ४-० को जित निकालेको हो । प्रि-सिजन तयारी अन्तर्गतको बार्सिलोनाको जितमा रे मानाजले ह्याट्रिक पूरा गरे । एलेक्स कोलाडोको नाममा एक गोल रह्यो ।
१० खेलाडीमा सिमित जिम्नास्टिकविरुद्ध बार्सिलोनाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । खेलको ३८औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो । तर, दोस्रो हाफमा परिवर्तित खेलाडी मानाज चम्किदा बार्सिलोनाले फराकिलो जित निकाल्यो ।
६०औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ८५औं मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा मानाजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । ९०औं मिनेटमा मानाजले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

























