सुनको मूल्य ७ सय रूपैयाँ घट्यो
वि.सं.२०७८ साउन ६ बुधवार १६:५८
shares

दुई दिन लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ४ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार ७ सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार मंगलबार तोलामा ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारको लागि ९२ हजार ५ सय रूपैयाँ कायम गरिएको छ । त्यस्तै मंगलबार ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधबार ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी तोलामा २० रूपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा १ हजार २८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको हो ।

























