काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लायन्स क्लबको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न

13.63K
shares

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र भक्तपुर इन्टरनेशनल हस्पिटलको संयुक्त आयोजनामा सूर्यविनायक-३ बालकोटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा लायन्स क्लबको विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ एभरेष्ट सेन्टेनेयल र सोसाइटी फर इच अदरको समेत सहयोग रहेको थियो भने हेल्थ क्याम्पबाट १५० बढी स्थानीयबासीहरु लाभान्वित भएको युनाइटेड सेन्ट्रलका अध्यक्ष तथा अटो नेपाल पत्रिकाका डाईरेक्टर रोशनकुमार श्रेष्ठले जानकारी दिए । भक्तपुर इन्टरनेशनल हस्पिटलको करिब २५ जना डाक्टरको समुहले त्यस भेगका बासिन्दाको चेकअप गर्नुका साथै औषधिसमेत वितरण गरिएको भक्तपुर इन्टरनेशनल हस्पिटलको संयोजक डा. आरकेश्रेष्ठले बताए ।