गृहपृष्ठ माओवादीबाट निर्वाचित १४ जना जनप्रतिनिधि कारबाहीमा (सूचीसहित)
माओवादीबाट निर्वाचित १४ जना जनप्रतिनिधि कारबाहीमा (सूचीसहित)
पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिहरुलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ । माओवादी केन्द्रीय समितिको सोमबार बसेकाे आकस्मिक भर्चुअल बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि दल त्याग गर्नेहरुलाई कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएपनि त्यसरी गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय समितिले नै कारबाहीको निर्णय गरेको हो । सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै, कैलालीबाट ४, सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक-एक जना कारबाहीमा परेका छन् ।माओवादीले निर्णयको माइन्युट निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउने भएको छ ।
कारबाहीमा परेकाहरूकाे सूची :

प्रकाशित समय : २०:४५ बजे



















