गृहपृष्ठ नेपालमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट, सबै उमेर समूहकालाई जोखिम
नेपालमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट, सबै उमेर समूहकालाई जोखिम
नेपालमा नयाँ भेरिएन्टको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार नयाँ भेटिएको भेरिएन्ट सबै उमेर समूहमा संक्रमणको जोखिम रहेको र विगतमा पुष्टि भएका भेरिएन्टभन्दा बढी संक्रामक रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशभरका विभिन्न ठाउँबाट संकलित ४८ नमुनाहरुलाई परीक्षण गर्दा ४७ वटामा विगतमा नेपालमा देखिएको डेल्टा भेरिएन्ट र एक नमुनामा नयाँ भेरिएन्ट देखिएको हो ।

प्रकाशित समय : २०:११ बजे



















