Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी छनोट

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी छनोट फाइल तस्बिर ।

नेपाल क्रिकेट संघले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ ।

आगामी जुलाइमा स्पेनमा हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षण भने आइतबारदेखि हुने बताइएको छ । नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोर श्रीलंकाबाट यसअघि नै नेपाल आइसकेका छन् । 

सम्बन्धित खबरहरु