काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’

13.34K
shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठनसम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’ (पूर्ण बैठक) बोलाएका हुन् ।

सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णय गर्नका लागि पूर्ण बैठक बाेलाइएकाे प्रवक्ता देवेन्द्र ढकालले बताएका छन् । उनका अनुसार बैठकका न्यायाधीशहरू र प्रधानन्यायाधीशले संवैधानि इजलास गठन र यससम्बन्धी नियमावलीका विषयमा कुरा राख्नेछन् ।

 आइतबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।