काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोभिड प्रतिकार्यमा विनियोजित बजेटको खर्च विवरण पेश गर्न निर्देशन

18.4K
shares

कर्णाली प्रदेश सभा सार्वजनिक लेखा तथा सुपरिवेक्षण समितिल तीन दिनभित्र खर्च विवरण पेश गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कोरोनाभाइरस (कोभिड- १९) प्रतिकार्यका लागि विनियोजन भएको बजेट र त्यसको खर्च विवरण पेश गर्न समितिले तीन दिनको समय दिएको हो ।

बुधबार बसेको समितिको बैठकले सल्यान जिल्ला अस्पतालमा भएको घटनाप्रति ध्यानाकर्षण गर्दै सोको खर्च विवरणसमेत पेश गर्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण प्रतिकार्यका नाममा विनियोजित बजेटमा अनियमितता भएको भन्ने खबर सुनिएसँगै सबै जिल्लाका स्वास्थ्य संस्थामा मन्त्रालयबाट पठाएको बजेट र खर्चको विवरण माग गरिएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले जानकारी दिए । उनका अनुसार महमारीमा नागरिकको ज्यान बचाउनेभन्दा पनि अनियमितताका घटना सुनिन थालेपछि समितिको ध्यान गएको हो । ‘तीन दिनभित्र सबै विवरण पठाउन भनिएको छ । सबै विवरणको छानबिन र अध्ययन गरेपछिको प्रतिवेदन हामी सार्वजनिक गछौं,’ उनले भने ।

सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट जडान गरिएको भन्दै जेनेरेटर जडान गरिएको थियो । गत शनिबार उद्घाटनसमेत गरिएको प्लाण्टमा जेनेरेटर जोडिएको भन्दै अस्पताल, खरिद गर्ने कम्पनीलगायत विवादमा आएका छन् । करिब अढाई लाख रुपैयाँ पर्ने जेनेरेटरलाई ३८ लाखमा खरिद गरिएको जानकारी केही स्वास्थ्यकर्मीले पाएपछि अहिले त्यसको छानबिन समिति गठन गरी छानबिन गर्न लागिएको छ । सुर्खेतमा रहेको ड्रागन मेडिटेकले त्यसको खरिदको जिम्मा पाएको थियो ।