एनआईसी एशिया बैंकको ‘उत्तरदायी बनौं, मो- बैँक गराैं’ योजना : हरेक काराेबारमा आकर्षक क्यासब्याक
वि.सं.२०७८ जेठ ३ सोमवार १९:०७
shares

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, मो- बैँक गरौं’ योजना सार्वजनिक गरेको छ । बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ अभ्यास गर्दै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ (NIC ASIA Mo Bank) एप प्रयोगकर्ताले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बिमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम १०० नगद फिर्ता (Cash back) प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० रूपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।
यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ सेवा उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई NIC ASIA Mo Bank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहकले NIC ASIA Mo Bank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई जस्ता थुप्रै सुविधा सहज रुपले लिन सक्नेछन् । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवा डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iserve प्लाटफर्मको विकास गरी NIC ASIA Mo Bank iserve तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत मोबाइल बैंकिङ सेवा (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न) ग्राहकले सरल तरिकाले लिन सक्नेछन् । त्यस्तै टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई-कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन) पनि सरल तरिकाले लिन सक्नेछन् ।
बैंकको NIC ASIA Mo Bank एप प्रयोग नगरेका ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्तासमेत गर्न सक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढीभन्दा बढी ग्राहकलाई सहभागी गराउनका लागि प्रवर्द्धन गर्न बैंकको अनलाइन खाता खोली पहिल पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम २५० सम्म तथा iserve मार्फत मोबाइल बैंकिङ दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म नगद फिर्ताको याेजना कार्यान्वयन गरिरहेको छ । साथै, प्रत्येक हप्ता सुपर सिक्स योजनाअन्तर्गत ग्राहकले Nic Asia mo bank एपबाट QR स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ताको योजनासमेत उपलब्ध रहेको छ ।

























