global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले कोभिड-१९(कोरोना)बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड-१९ का कारण गम्भीर बिरामी अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९मा सम्पर्क राख्न सकिने छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु