nmb bank

गृहपृष्ठ बिहीबार ६१३ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

बिहीबार ६१३ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

बिहीबार ६१३ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण गर्दा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

बिहीबार काठमाडौं उपत्यकामा थप २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १०० महिला र १४४ पुरुष छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन् ।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको छ ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु