गृहपृष्ठ एनएमबी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सहकार्य सुरु
एनएमबी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सहकार्य सुरु
एनएमबी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सहकार्य सुरु भएको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । ग्राहकहरुले सेलपेमा आवद्धगरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नुकाे साथै सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।
प्रकाशित समय : २२:१९ बजे


















