nmb bank

गृहपृष्ठ फेसबुकमार्फत महिलालाई हैरानी दिएको अभियोगमा पक्राउ

फेसबुकमार्फत महिलालाई हैरानी दिएको अभियोगमा पक्राउ

फेसबुकमार्फत महिलालाई हैरानी दिएको अभियोगमा पक्राउ

महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका- ४, पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका- ५, बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका- ११, चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापा रहेका छन् । अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो । अस्लमले मकवानपुर घर भई थाईल्याण्डको बैंकक बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा इमेलबाट पोर्नसाइट समेतमा अपलोड गर्नुको साथै ती तस्बिर तथा भिडियोहरु उक्त पोर्नसाइटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिने, दु:ख हैरानी दिने कार्य गरेको खुल्न आएको छ । साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका दुवैउपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित समय : २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु