गृहपृष्ठ प्रतिनिधिसभाको विघटन स्थिरता र परिवर्तनका लागि : थापा
प्रतिनिधिसभाको विघटन स्थिरता र परिवर्तनका लागि : थापा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए ।
नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उनले भने, ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।’ नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गरे । (रासस)
प्रकाशित समय : २३:१९ बजे



















