nmb bank

गृहपृष्ठ पत्रकार र समाजसेवी सम्मानित

पत्रकार र समाजसेवी सम्मानित

ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले जिल्लाका क्रियाशील पत्रकार र रेडक्रस सोसाइटीका उत्कृष्ट उपशाखालाई नगदसहित सम्मान तथा पुरस्कृत गरेको छ ।

आज स्मृति दिवसको अवसरमा जिल्लाको क्रियाशील पत्रकार साहारा लिम्बू र भानुजन माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा समाजसेवी किशोर राई पुरस्कृत गरिएको हो ।

लिम्बू र राई १० हजारसहित प्रशंसापत्रले सम्मान गरिएको हो । त्यस्तै नेपाल रेडक्रस सोसाइटीको उत्कृष्ट उपशाखाको रूपमा ढुङ्गेसाँघुलाई नगद १५ हजारसहित प्रशंसापत्रले पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिए । उनका अनुसार विसं २०७० सालदेखि निरन्तर रूपमा हरेक वर्ष एकएक जना पत्रकार, समाजेवी र रेडक्रसको उत्कृष्ट उपशाखालाई सम्मान गर्दै आइरहेको छ ।

विसं २०१३ वैशाख ९ गते स्थापना नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उनको निधनपछि सामाजिक क्षेत्रलाई स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहेका छन् । स्व गौतमको जन्मदिनको पारेर हरेक वर्षको वैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिष्ठानले स्मृति दिवसको अवसरमा भित्तेपात्रेसमेत विमोचन गरेको छ । प्रतिष्ठानले बिरामीहरूको सेवाका लागि दुईवटासमेत सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा दुई जना बिरामीलाई ताप्लेजुदेखि तराईको सुविधा सम्पन्न अस्पतालसम्म पुग्नेगरी निःशुल्क सेवा प्रदान गरिएकोसमेत प्रतिष्ठानल जनाएको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु