Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कर्णालीमा थपिए २५९ संक्रमित

न्युज कारोबार काठमाडौं वैशाख १८, २०७८       

कर्णालीमा थपिए २५९ संक्रमित

शनिबार २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । ७३९ जनामा गरिएको परीक्षणमा २५९ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा २१४ जना र रेपिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशभर एक हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार प्रदेशभर दुई जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा गंगादेव गाउँपालिका वडा नं ३ रोल्पाकी ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै गुर्भाकोट नरपालिका १३ सुर्खेतका ३५ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । भारतबाट आएका ति युवा गत ११ गते स्वास्थ्यमा समस्या भएपछि प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका थिए ।

सम्बन्धित खबरहरु