काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शनिबार थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टि

17.14K
shares

नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एन्टिजेन विधिबाट ५६६ जनाको परीक्षण गर्दा ५७ जना र पीसीआर विधिबाट १४ हजार ४०३ जनामा परीक्षण गर्दा ५ हजार ७०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।