कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान
वि.सं.२०७८ वैशाख १७ शुक्रवार १७:०४
shares

कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसकेएल डिबेन्चर २०८७) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ ।
९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ । २०७७ साल माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन ऋणपत्रलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ र फुकुवा गर्न प्रदान गरिन्छ ।

























