‘माया बैगुनी’ मा रोमान्टिक मुडमा देखिए दिलिप र उर्मिला (भिडियो)
वि.सं.२०७८ वैशाख १३ सोमवार २१:०४
shares

गायिका उर्मिला लाम्गादेको नयाँ म्युजिक भिडियो 'माया बैगुनी' सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द, संगीत रहेको छ भने सुदिप सागरको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायिका लाम्गादे र कलाकार दिलिप रायमाझीले अभिनय गरेका छन् ।
प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो ।

























