Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक

ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टा-कोर प्रोशेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिन समेत सघाउँछ ।

६.५१-ईञ्च पञ्च-होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८ जीबी रोमको व्यवस्था गरिएको छ । 'ए सिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्वीकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो । नयाँ पुस्ता, प्रविधिले तिनलाई सक्रिय सामाजिक जीवनशैली जीउन सघाओस् भन्ने चाहान्छन् । तिनको यो चाहनाको सटिक सम्बोधन गर्नुका साथै यसमा समकालिन डिजाइनपनि दिएका छौँ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ । स्मार्टफोनले चाहेको जस्तो परफर्मेन्स नदिँदा हुने तनावको समाधानका रुपमा ओपो ए५४मा पर्याप्त सञ्चय क्षमता र मेमोरी पनि दिएका छौँ,' ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ब्याट्री र चार्जिङ

ओपो ए५४मा जडित ५ हजार एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि गर्न सकिन्छ । ए५४मा ८ सय पटकसम्म ढुक्क भई फोनको चार्ज गर्न सकियोस् भन्ने सोचका साथ सेफ्टी फिचर्स पनि दिइएको छ । ए५४मा चार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभरचार्ज वा ओभर-डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभरकरेन्ट प्रोटेक्शन लगायत चार्जिङ प्रोटेक्शन डिजाइनपनि दिइएको छ । दूई दिनको पूर्ण प्रयोग पछि पूणः फोन चार्ज गर्नुपर्दा ए५४मा समाहित १८वाट फास्ट चार्जले मात्र २ घण्टा २३ मिनेट भित्रै फोनलाई पूर्णरुपमा चार्ज गर्छ । टाइप-सी कनेक्टरको प्रयोग हुने ए५४मा सुपर पावर सेभिङ मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई, अप्टिमाइज्ड नाइट चार्जिङ स्मार्ट टेम्परेचर कन्ट्रोल लगायत चार्जिङका बखत सुरक्षा प्रदान गर्ने फिचर्सपनि दिइएका छन् ।

रोम र डिस्प्ले

४जीबी याम र १२८जीबी रोम सहितको ए५४ मा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार माइक्रो एसडी कार्डको प्रयोगमार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन् । मिडियाटेक हेलियो पी३५ (एमटी६७६५) ओक्टा-कोर प्रोशेसर जडित ए५४मा हाईपरबुस्ट, डुअल च्यानल एक्सिलिरेशन सपोर्टका साथै तुलनात्मकरुपमा ठूलो अवाज फाल्ने क्षमता सहितको स्पिकरको पनि व्यवस्था गरिएको छ । फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी+ स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ । यसमा ८९.२% स्क्रिन-टू-बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसको फ्रण्ट क्यामेराको वरपर रहेको रिंग, चहकिलो सेल्फीका लागि बल्नेपनि गर्छ । त्यसैगरी ए५४मा हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ । समयसंगै प्रयोगकर्ताको ब्राइटनेस प्रिफरेन्स (प्राथमिकता)का बारेमा जानकारी राख्दै फोनले स्वचालितरुपमा स्क्रिनको ब्राइटनेस सेटिङ समायोजन गर्ने क्षमताका लागि यसमा एआई ब्याकलाइटिङ फिचरको पनि व्यवस्था गरिएको छ । ए५४ले प्रयोगकर्तामा फोनको प्रयोगका कारण सम्भावित जोखिम न्यूनिकरणका लागि नीलो प्रकाशको प्रयोग सकेसम्म न्यून मात्रा गर्छ ।

डिजाइन र सेल्फी

ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ । फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ । यसले गर्दा फोन बलियो र सजिलै नबांगिने हुनुका साथै बोक्दा आरामदायी अनुभव समेत प्राप्त हुन्छ । ए५४को वजन १९२ ग्राम र मोटाई जम्मा ८.४ एमएम छ ।

त्यसैगरी फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधिपनि उपलब्ध गरिएका छन् । ए५४मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ । यसमा रहेका रियर क्यामेराले १३एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २एमपी बोके क्यामेराको प्रयोग गर्छ । त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्विरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजल कलर, एआई सिन रिकग्निशन लगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुबैका लागि १५ ओटा उत्कृष्ट फिल्टर्स र १८० डिग्री प्यानारोमा फिचरपनि फोनमा उपलब्ध छन् ।

ए५४मा एआई ब्यूटिफिशेन सुविधा सहितको १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके ईफेक्टका साथै तस्विर मा ब्यूटिफिकेशन र फिल्टर्सको सुविधापनि प्रदान गर्छ । फोनको रियर क्यामेराले ९०एफपीएसमा ७२०पीको स्लो-मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्सपनि उपलब्ध छ।

प्रिमियम गुणस्तर र सहजता

ओपो ए५४ले ए सिरिजका प्रमुख विशेषतालाई निरन्तरता दिँदै डिजाइनदेखि सुरक्षा फिचर्सका साथै उच्च गुणस्तर र प्रयोगकर्ताको सहजतालाई विशेष प्राथमिकता दिएको देखिन्छ । फोनमा दिइएको कलरओस ७.२ मार्फत कम्पनीले ब्ल्याक स्क्रिन मोडपनि उपलब्ध गराएको छ । यो फिचरले ब्याटी बचतका लागि उल्लेख्य सहयोग प्रदान गर्छ । साथै कलरओएस ७.२ले तस्विरमा रहेका अक्षरलाई प्रयोगकर्ताले बुझ्ने भाषामा अनुवाद गर्न सघाउने फोटो ट्रान्सलेटर फिचरपनि उपलब्ध गराउँछ ।

फोनको प्रिमियम गुणस्तरलाइ अझ माथि लैजान कम्पनीले ए५४ मार्फत, ल्याबोरेटरी सेटिङ कन्डिशनमा ईन्डष्ट्रि स्ट्याण्डर्ड आईपीएक्स ४ वाटरप्रुफ प्राप्त गरेको छ । यसका साथै ५ तहको सुरक्षा उपलब्ध गराउन कम्पनीले याडिएशन, क्लाइमेट, स्लाइट ड्रप र सिग्नल लगायत अन्य प्रिसिजन क्वालिटी ट्स्टपनि अपनाएको छ । फोनमा गुणस्तरको सुनिश्चितताका लागि ए५४ ले ५० प्रडक्शन प्रोसेस कन्ट्रोल, १३० भन्दा बढी अल्ट्रा-रिगोरियोस रिलाइबिलिटी टेस्ट्स र ३२० भन्दा बढी एक्स्पेरिमेन्टल टेस्ट्समा पनि सफलता पूर्वक उत्तिर्ण भएपश्चात मात्र बजारमा ल्याइन्छ ।

बजार उपलब्धता

ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४जीबी याम र १२८जीबी रोम सुसज्जित ओपो ए५४को मूल्य २५ हजार ९ सय ९० सय रूपैयाँ निर्धारण गरिएको छ । 

सम्बन्धित खबरहरु