काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

16.99K
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक चैत २० गते पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको १४औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने सचिव पाैडेलले बताए । कांग्रेसको १४औँ महाधिवेशन ७-१० भदौमा काठमाडौंमा हुने गरी मिति तोकिएको छ । तर, महाधिवेशनको कार्यतालिका अनुसार अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

क्रियाशील सदस्यताको विवरण केन्द्रमा १० चैतभित्रै पठाउनु पर्ने ९ जिल्ला सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाले अझै क्रियाशील सदस्यताको वितरण पठाएका छैनन् । कांग्रेसमा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ १ लाख ८० हजार २ सय ७५ जना र नवीकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको छ ।