काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राइडर कुटिएपछि पठाओले बन्द गर्‍यो सेवा

12.29K
shares

पठाओले तत्काललाई सेवा बन्द गरेको छ । सोमबार राइडरलाई ट्याक्सी चालकहरुले कुटपिट गरेपछि पठाओ यात्रु ओसारपसार बन्द गरेकाे हाे । पठाओले राइडरलाई म्यासेज पठाउँदै केही असामान्य अवस्था आएको हुनाले कुनै पनि राइड नगर्न अनुरोध गरेको छ । 

आफूलाई पनि राइड नगर्न भनेर अफिसबाट म्यासेज आएको दुई दिनअघि पठाओमा आवद्ध भएका राइडर खिमबहादुर रूचालले बताए । कम्पनीले आगामी दिनमा समस्या दाेहाेरिन नदिन प्रशासन कार्यालयसँग समन्वय गरिरहेको पनि सबै राइडरहरूलाई बताएको छ ।

ट्याक्सी चालकले सोमबार साँझ गोंगबु नयाँ बसपार्क क्षेत्रमा पठाओ राइडरको विरोध गर्दै ट्याक्सी र्‍याली नै निकालेका थिए । सोही क्रममा पठाओ राइडर तथा ट्याक्सी चालकबीच विवाद भई झडप समेत भएको बताइएको छ ।