काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

15.54K
shares

सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेकाे सचेतक देव गुरुङले जानकारी दिए ।

उनका अनुसार सर्वोच्चले नेकपा खारेज गर्नु राजनीतिक प्रकृतिको फैसला रहेको निष्कर्षमा पुगेकाले माओवादी पुरावलोकनमा जाने भएको हो । कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ । माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतसँग सर्वोच्चको फैसला र पुनरावलोकनबारे छलफल गरेको थियो । कानुन व्यवसायीहरुले पनि नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको रहेकाले पुनरावलोकनमा जान सुझाव दिएका छन् ।

गत फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेको थियो । फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ । आजको स्थायी समिति बैठकले यसबारे थप निर्णय गर्ने सचेतक गुरूङले बताए ।