प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता
वि.सं.२०७७ चैत ९ सोमवार २०:३९
shares

नेत्र विक्रम चन्द 'विप्लव'ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएकाे हाे । विभिन्न जिल्लाको भ्रमण सकेर विप्लव आइतबार मात्र काठमाडौं आइपुगेका हुन् ।
विप्लवले प्रधानमन्त्रीसँग भएका सम्झौताहरुको कार्यान्वयन पक्षका बारेमा छलफल गरेको बताइएकाे छ । भेटमा विप्लवले सरकारसँग भएका सहमति कार्यान्वयनमा भएकाे ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
विप्लव समूह र सरकारबीच नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्न गत फागुन २० मा तीन बूँदे सहमति भएको थियो ।

























