काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतमा तीव्र दरमा फैलियो कोरोना, दुई दिनमै थपिए ९० हजार संक्रमित, नेपालमा बढ्यो जोखिम

15.83K
shares

भारतमा दुई दिनमै ९० हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबार बिहानको तथ्यांकअनुसार ४३ हजार ८४६ र सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ४७ हजार ९ जना थपिएका छन् ।

आइतबार १९७ र सोमबार २१३ जनाको मृत्यु भएको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । भारतमा ३ लाख ३६ हजार ३९२ जना उपचाररत छन् भने हालसम्म १ लाख ६० हजारको मृत्यु भइसकेको छ ।

बितका २४ घण्टामा विश्वभर ४ लाख २० हजार नयाँ संक्रमित थपिए भने ५ हजार ९१७ जनाको मृत्यु भएको छ । विश्वभर २ करोड १३ लाख ४५ हजार मानिस कोरोनासँग जुझिरहेका छन् । तीमध्ये ९० हजारको अवस्था गम्भीर छ । विश्वभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७ लाख २७ हजार ४२८ पुगेको छ ।

भारतमा कोरोना तीव्र गतिमा फैलिन थालेपछि नेपालमा जोखिम बढेको छ । सीमानाकाहरूबाट भित्रिने भारतीय तथा नेपाली नागरिकको परीक्षण अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । खुला सीमानाका भएकाले भारतबाट सजिलै नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नाकाहरूमा गस्ती बढाइएको गृह मन्त्रालयले जनाएको छ ।