बसन्तपुरमा चीर ठड्याइएपछि विधिवत सुरू भयो यस वर्षको होली
वि.सं.२०७७ चैत ८ आइतवार १८:०६
shares

काठमाडौंमा यो वर्षको होली पर्व सुरु भएको छ । हनुमानढोका बसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको हो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङका ध्वजापतकासहित सजाइएको चीर ठड्याएपछि होली पर्व सुरु हुने परम्परा छ ।
आइतबार बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो । चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।काठमाडौंलगायत पहाडी जिल्लामा चैत १५ र तराई-मधेशका जिल्लामा चैत १६ मा होली पर्वका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

























