काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओलीले संवैधानिक आयोगलाई खल्ती बनाए : गगन थापा

12.47K
shares

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगलाई खल्ती बनाएको आरोप लगाएका छन् । शनिबार सुर्खेत आइपुगेका नेता थापाले निर्वाचन आयोगलगायतका संवैधानिक आयोगहरुलाई ओलीले खल्तीको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोगदेखि अन्य संवैधानिक आयोगहरु ओलीका खल्ती भएका छन्,’ उनले भने, ‘सरकारी आयोगलाई उनले सके मिलाउने नसके तर्साउने गरेका छन् ।’ उनले अब नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अब नेकपा सकिएको बताए । उनले नेपाली कांग्रेसको काम सम्हाल्ने भए पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्न नसकेको बताए । शोकगीत बजाउनुपर्ने बेलामा लोकगीत बजाएर नेकपा नाचेको भन्दै उनले नेकपा सकिएको दिन कोही नरोएको बताए । ओलीसँग योग्यता नभई अहंकार भएको उनले जिकिर गरे ।

संविधानमा लेख्दै नलेखेको कुरामा समेत ओलीले अडान लिएको भन्दै थापाले अदालतको फैसलापछि ओलीले राजिनामा दिई नयाँ सरकारको मार्ग प्रशस्त गर्नुपर्ने तर्क गरे । ओलीले यो संसदको सेखी झार्छु भन्दै पंगु बनाउनमा लागेको उनले सुनाए । माओवादीको समेत छुट्टै पार्टी बनेको र जनताले प्रचण्डलाई युद्ध किन गरेको कमरेड, बन्दुक किन गरेको भन्दै सोध्ने बताए ।