काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिपद्रीले एकै दिन सार्वजनिक गर्‍यो पाँच मोडलका टाटाका गाडी

16.3K
shares

सिप्रदी नेपालले एकै दिन पाँच मोडलका टाटाका गाडी सार्वजनिक गरेको छ । कम्पनीले टाटाका एच फाइभ, नेक्सन, अल्ट्रोज, टियगो र टिगोरका नयाँ मोडलका गाडी मंगलबार सार्वजनिक गरेको हो ।

टाटाले सन रुफसहित नेक्सन र एच फाइभ गाडी सार्वजनिक गरेको छ । एच फाइभको सुरुवाती मूल्य ८५ लाख ९५ हजार रुपैयाँ छ । एच फाइभको फूल अप्सनको मूल्य भने ८९ लाख ९० हजार तोकिएको छ ।

त्यस्तै नेक्सनका विभिन्न मोडलका गाडी ३५ लाख ९५ हजारबाट सुरु भएर ५२ लाख ५५ हजारसम्म किन्न सकिने कम्पनीले जनाएको छ । अल्ट्रोजको मूल्य ३५ लाख ५० हजार रुपैयाँ राखिएको छ । त्यस्तै टियगोको सुरुवाती मूल्य २३ लाख छ भने टिगोरको मूल्य ३२ लाख ५० बाट सुरु भएर ३९ लाख ९५ हजार रुपैयाँसम्म छ ।

बीएस सिक्स इन्जिन र नयाँ‑नयाँ फिचरसहितका यी गाडीले नेपाली बजारमा पकड जमाउने सिप्रदी नेपालको विश्वास छ । कार्यक्रममा सिप्रदीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेशप्रसाद गिरीले गाडी किन्दा ग्राहकले छुटभन्दा सर्भिसलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सिप्रदीले टाटाका गाडीको मूल्य सुपथ राखेको र अरुले जस्तो ५० लाखको गाडीलाई ५५ लाख भनेर ३ लाख डिस्काउन्ट गरेर ५२ लाख रुपैयाँमा नबेच्ने गरेको उनले बताए । 'यो अटोमोबाइल क्षेत्रमा चलिरहेको रियालिटी हो,' उनले भने, 'सिप्रदीले ग्राहकलाई दिने सर्भिसमा कुनै कन्जुस्याइँ गरेको छैन ।' टाटाले सर्भिसका लागि काठमाडौं उपत्यकाभित्र कि अप र ड्रपको व्यवस्था गरेको छ । दुर्घटनाबाहेक अन्य केसमा ४८ घण्टाभित्र गाडी बनाएर ग्राहकलाई दिने गरेको सिप्रदीको दाबी छ ।