काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुधबार सुनको मूल्य पुन: उकालो 

9.7K
shares

मंगलबार घटेको सुनको मूल्य सोमबार पुन: उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार ६ सय रूपैयाँ नै बढेको हो । सुनको मूल्य आइतबार ५ सय र सोमबार १ सय  रूपैयाँ बढेको थियो । 

आज छापावाला सुन तोलाको ८६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार ८५ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ८५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी तोलामा २० रूपैयाँ घटेको छ । आज चाँदी १ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।