काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्यानमार सैन्य कू : प्रहरी हिरासतमा सत्तारुढ दलका अर्का एक नेताको मृत्यु

10.92K
shares

म्यानमारमा भएको 'सैन्य कू'को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका सत्तारुढ दलका एक नेताको हिरासतमै मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता जा म्याटलिनको मृत्यु भएको हो । याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता भएको अलजजिराले जनाएको छ । यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।