कैलाली र कञ्चनपुरमा एमाले पार्टी कार्यालय पुन:स्थापना
वि.सं.२०७७ फागुन २५ मंगलवार २३:४५
shares

कैलाली र कञ्चनपुरमा पनि नेकपाको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालय पुनःस्थापना गरेको हो ।
कैलालीमा नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण थापा, सुदूरपश्चिमका पूर्वमन्त्री तथा सांसद पठान सिंह बोहरा, कैलाली अध्यक्ष रतन थापा लगायतको उपस्थितिमा मंगलबार बोर्ड राखिएको हो । उता नेकपा एमालेले पार्टी कार्यालय टीकापुरमा पार्टीको नाम लेखिएको बोर्ड टाँगिएको छ । यस्तै जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपालाई मेटाई बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ ।

























