नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
वि.सं.२०७७ फागुन २५ मंगलवार २०:४६
shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पार्टीमा नआउने नेताहरुको विषयमा पनि छलफल हुनेछ ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना रहेको बताइएको छ । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको यो पहिलो पटक हो । सर्वोच्चको फैसलासँगै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र व्युँताउने निर्णय गरेका थिए । तत्कालीन नेकपामा रहेका माधवकुमार नेपाल समूह पनि एमालेमै फर्किने भएका छन् ।

























