गृहपृष्ठ बृज सिमेन्टको बिक्री घट्यो
बृज सिमेन्टको बिक्री घट्यो
बृज सिमेन्टको बिक्री १ अर्ब ३७ करोड रुपैयाँले घटेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ८६ करोड रुपैयाँ मूल्यको बृज सिमेन्ट बिक्री गरेको छ । यो बिक्री रकम सन् २०१९ मा ४ अर्ब २३ करोड रुपैयाँ थियो ।
बृज सिमेन्टमा नेपालको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेशनको ५० प्रतिशत स्वामित्व छ । बाँकी स्वामित्व भारतको शान्ता सिमेन्टको छ । सन् २००० देखि सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगको उत्पादन क्षमता प्रतिदिन १२ सय टन छ ।
सन् २०२० मा यो उद्योगले सिमेन्ट उत्पादन गर्नका लागि ८२ प्रतिशत कच्चा पदार्थ (क्लिंकर) अर्घाखाँची सिमेन्ट उद्योग प्रालिसँग किनेको छ । देशभर ३०० डिलर रहेको यस यो उद्योगले विभिन्न ५ ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
प्रकाशित समय : २३:०६ बजे



















