global ime bank Long Banner Ad

गृहपृष्ठ थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको निधन

थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको निधन

थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ । जसमध्ये ५५ जना क्वारेन्टिनमा छन् ।

आज कोरोनाबाट थप १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ पुगेको छ । सोमबार ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै देशभर निको हुनेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ ।

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु