global ime bank Long Banner Ad

गृहपृष्ठ इतिहास नै मेटिने गरी अतिक्रमण हुँदै जनकपुरका दर्जनौं पोखरी

इतिहास नै मेटिने गरी अतिक्रमण हुँदै जनकपुरका दर्जनौं पोखरी

इतिहास नै मेटिने गरी अतिक्रमण हुँदै जनकपुरका दर्जनौं पोखरी

जनकपुरका धार्मिक तथा ऐतिहासिक महत्वका पोखरीहरु अतिक्रमित हुन थालेका छन् । व्यक्तिका पूर्वाधारहरुको निर्माण कार्य तथा विस्तारका लागि सरकारको स्वामित्वमा रहेका पोखरीहरु अतिक्रमणको चपेटामा परिरहेका हुन् । ‘पोखरी’को सहर भनेर चिनिने जनकपुरमा पोखरीहरु नै भेटिन मुस्किल पर्ने अवस्था आएको स्थानीयहरु बताउँछन् । पोखरी संरक्षण तथा सम्वर्द्धनको अभावमा व्यक्तिगत तथा सार्वजानिक प्रयोजनका निम्ति अतिक्रमण गरिदै आएको जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष रामकुमार शर्माले बताए । उनका अनुसार जनकपुरका दर्जनौं पोखरीहरुको अहिले लोप भरहेका छन् ।

पोखरी भएको ठाउँमा व्यक्तिगत घरदेखि लिएर ठूला संरचना बनाउँदा पोखरीको निशाना नै मेटिएको स्थानीय बताउँछन् । पोखरीहरु मासेर पछिल्लो समय व्यवसायिक प्रयोजनका लागि टहराहरु बनिरहेका छन् । केही समयअघि जनकपुर ढल्केवरमा ६ लेनको सडक विस्तारको क्रममा जनकपुरको पिडारीचोकमा अवस्थित गोरधोई पोखरीको इतिहास नै मेटिएको छ । पोखरीको आधा भागमा सडक निर्माणका लागि भौतिक संचरना निर्माण गरिँदै पोखरीलाई माटोले भर्ने काम भइरहेको परिषद्का पूर्वअध्यक्ष शर्माले बताए । ऐतिहासिक महत्वका पोखरीहरु वर्षेनी अतिक्रमणको चपेटामा पर्दै आएको भए पनि सम्बन्धित सरोकारवालाहरुले चासो भने दिएका छैनन् ।

धार्मिक महत्व बोकेका कतिपय पोखरी व्यक्तिको नाममा दर्ता भइसकेको छन् । अतिक्रमणका कारण जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयास्विनी सर, बलदेव सरलगायतका पोखरी लोपसमेत भइसकेका छन् । ०७२ सालमा जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन अध्यक्ष रामकुमार शर्माले जनकपुरका धार्मिक महत्वमा पोखरीको अतिक्रमण हटाउने अभियान थालेका थिए । करिब दुई सातासम्म अभियान चल्यो । अभियानमा प्रहरी प्रशासनदेखि स्थानीय जनताको व्यापक सहभागिता थियो । तर, बजेट अभावमा अभियान अघि बढ्न सकेन ।

परिषद्का पूर्वनिर्देशक उमेशकुमार यादवका अनुसार सो अभियानको क्रममा दर्जनभन्दा बढी पोखरीको अतिक्रमण हटाइएको थियो । ‘चारैतर्फबाट अभियानमा सहयोग मिलेको थियो । तर, बजेट अभावले अभियानलाई अघि बढाउन सकिएन,’ उनले भने, ‘त्यतिवेला अतिक्रमण हटाउन सयभन्दा बढी घर भत्काइएको थियो ।’

त्यस्तै २०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा जनकपुरका धार्मिक, पोखरी, मठ-मन्दिरलगायतको जग्गाको संरक्षण र व्यवस्थापनका लागि उच्च स्तरीय कार्यदल गठन गरेको थियो । तर, ती कार्यालय दलले ४ महिना लगाएर तयार पारिएको विस्तृत प्रतिवेदन अझैसम्म कार्यान्वयन हुन सकेको छैन । प्रतिवेदनमा जनकपुरमा ४९ वटा सार्वजनिक, निजी र पाँचवटा पोखरी लोप भएको उल्लेख छ । प्रतिवेदनअनुसार जनकपुरमा रामसागर, गोरधोइ, पुरन्दर सर, लक्की, देवान पोखरी, रामसागर, मध्यसागर, रत्नसागर, अरगजा, दशरथ तलाउ, तेलहा मरहालगायत दर्जनभन्दा बढी ठूला पोखरी छन् ।

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु