global ime bank Long Banner Ad

गृहपृष्ठ ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कनकाई नगरपालिका–५ स्थित तुलसीवारिमा शुक्रबार दिउँसो खुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय समीर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटना लगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल खुरुङ्गा पु¥याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन् ।

उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु