गृहपृष्ठ पेस्तोलसहित दुई किशोर पक्राउ
पेस्तोलसहित दुई किशोर पक्राउ
कावासोती नगरपालिका- १६, चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोलसहित गोरखा चुमनुब्री गाउँपालिका- ३ बस्ने २ जना १८ बर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले ना. ५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २३:४१ बजे



















