गृहपृष्ठ एमएडब्लु इन्टरप्राइजेजको अगुवाइमा हरियाली अभियान सुरु
एमएडब्लु इन्टरप्राइजेजको अगुवाइमा हरियाली अभियान सुरु
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजेजको यामाहा द ह्वील्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियानको काम सुरु भएको छ । इन्टरप्राइजेजको सामाजिक कार्यका लागि गठित एमएडब्लु फाउण्डेशनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम)अन्तर्गत अभियान सुरु भएको हो ।
यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शो रुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले ‘आफ्नो ठाउँं आफैं बनाऔं’भन्ने अभिप्रायले सबैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको दुई सय मिटरको राजमार्गको उत्तरतिरको छेउमा हरियाली प्रवद्र्धन गर्न वृक्षारोपण र दुबो रोपिएको जानकारी गराए । योजनाअन्तर्गत पहिलोपटक हेज जातको ७० वटा र गोल्डेन धुपी जातका २० वटा विरुवा रोपिएको हो । यसका साथै करिब दुई हजार वर्ग फिट दुबो रोपिएको छ । आगामी दिनमा सरोकारवालाहरुसँंग मिलेर अझ यो क्षेत्रलाई समृद्ध बनाउन थप कामहरु गर्दै जाने योजना रहेको निर्देशक कवांले बताए ।
प्रकाशित समय : ००:१७ बजे



















