global ime bank Long Banner Ad

गृहपृष्ठ ओपो क्याम्पेन : गेस दि एफ सिरिज, न्यू ओपो स्टार

ओपो क्याम्पेन : गेस दि एफ सिरिज, न्यू ओपो स्टार

ओपो क्याम्पेन : गेस दि एफ सिरिज, न्यू ओपो स्टार

ओपोले 'एफ-सिरिज'अन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्ममार्फत सुरुवाती रुपमा 'गेस दि ओपो स्टार' क्याम्पेनको थालनी गरेको हो ।

टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भव्य इभेन्ट वा क्याम्पेनको तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ । नेपालमा पहिलोपटक सन् २०१६ मा सार्वजनिक एफ-सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई 'ओपो एफ१९प्रो'मार्फत थप अगाडि लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नवप्रवर्तनात्मक प्रविधिहरुका कारण 'ओपो एफ१९प्रो'ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने कम्पनीको विश्वास छ ।

एफ-सिरिजलाई नयाँ उचाई प्रदान गर्ने लक्ष्य :

'ओपो एफ१९प्रो'ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गतकै सर्वाधिक फेशनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापि, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हालसम्म कम्पनीले 'ओपो एफ१९प्रो'का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिइएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरु नयाँ फोनमा समावेश गरिने अनुमान सहजै गर्न सकिन्छ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेजमार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । यदि नयाँ फोनको खोजीमा हुनेहरूले फोनका बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि जान सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ००:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु